गण्डकी प्रदेशमा २ वटा अध्यादेश पारित

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले ल्याएका २ वटा अध्यादेश एमाले नेतृत्वको सरकारले सदनबाट पारित गराएको छ।

गण्डकी प्रदेशसभाले बिहीबार गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन, सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सभाले सर्वसम्मत पारित गरेको हो।

संघीय निजामती ऐन नआउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापन कठिन भएको थियो। त्यही खाँचो पूरा गर्दै कृष्णचन्द्र नेपाली सरकारले कार्यकालको उत्तराद्र्धमा अध्यादेश ल्याएको थियो। एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारले दुवै अध्यादेश सदनमार्फत् पारित गराएको हो।

गण्डकी प्रदेशसभामा उपस्थित सत्ता र प्रतिपक्ष सांसदको स्वीकृतिमा अध्यादेश पारित भएका हुन्। सभामुख कृष्णप्रसाद धितालले ती विधेयक स्वीकृतिका लागि निर्णायार्थ ध्वनिमतको प्रक्रिया अपनाउनुभएकाे थियाे।

नयाँ निर्वाचनपछि गठित गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो दिन पुस १८ गते तत्कालीन कानुन मन्त्रीसमेत रहनुभएकाे कांग्रेस सांसद बिन्दु थापाले उक्त अध्यादेश टेबुल गर्नुभएकाे थियाे।

कर्मचारी सम्बन्धमा प्रदेश कानुन बने वृत्ति विकास र हकहितको बाटो खुला भएको निजामती कर्मचारीहरूको आधिकारी टेड युनियन कास्कीका अध्यक्ष भरत भुसालले प्रतिक्रिया दिनुभयाे। ‘जनशक्ति व्यवस्थापन गर्न, कर्मचारीको सरुवा र बढुवा गर्न बाटो खुला भएको छ,’ उहाँले भन्नुभयाे। अब प्रदेशका कर्मचारीको सरुवा बढुवा प्रदेश सरकारले नै गर्नेछ। सरकारले प्रदेश र स्थानीय कर्मचारीलाई विवाह विदा दिने व्यवस्था पनि गरेको छ।

annapurnapost


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन