fbpx

पहिरोले  गोरखा धार्चे ७ खानीगाउँका २६ घर विस्थापित

author

समाचारपाटी

१ year अगाडि

गोरखा । केहीदिनअघि आएको अविरल वर्षापछिको पहिरोले धार्चे ७ खानीगाउँका २६ घर विस्थापित भएका छन्। घर बस्न नमिल्ने गरी चर्किएका कारण गैरीगाउँ टोल र काफलगाउँ टोलका घरका बासिन्दा विस्थापित भएका स्थानीय पन्दुर गुरुङले जानकारी दिनुभयाे।

‘विस्थापित भएकाहरु कोही स्कूल टोलतिर आफन्तको घरमा शरण लिएर बसेका छन्, कोही गोठमा बस्छन्, कोही त्रिपाल टाँगेर बसेका छन्’, वडा सदस्य समेत रहनुभएका गुरुङले भन्नुभयाे, ‘२६ वटा घर बस्न लायक छैन। कुनैको ढोका खोल्न, लाउन मिल्दैन, कुनै ढलक्क ढल्किएको छ। कुनैको घरभित्र र गारोमा ठूलो चिरा परेको छ।’ अहिले बर्षा रोकिए पनि फेरि पानि पर्न थालेपछि यी घरहरु ढल्ने उहाँको अनुमान छ।

जोखिम घरका बासिन्दाले घरभित्रका सरसामान बाहिर निकालेर राखेका छन्। कुनै पनि बेला घर पहिराेले लान सक्ने खतराले गर्दा सामान निकालेर बाहिर राखेका अर्का स्थानीय छमबहादुर गुरुङले बताउनुभयाे। ‘जमिन पूरै चिरा–चिरा परेको छ। घरको पनि जताततै चिरा परेको छ’, उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाले १२ थान त्रिपाल दिएको छ। अब १२ घरचाहिँ त्रिपालमा बस्छन्। अरुचाहिँ आफन्तहरुको घरमा बसेका छन्।’ भूकम्पअघि सुरक्षित नै रहेको सो गाउँ भूकम्पपछि जोखिम हुन थालेको हो। ‘भूकम्पपछि हाम्रो  गाउँको ४०, ४५ घर पहिरोले लगिसकेको छ। उहाँ बिस्तापित भएर गाउँभन्दा माथि वनको छेउको सुरक्षित जमिनमा बस्नुभएकाे छ’, उहाँले भन्नुभयाे।

पहिरोको जोखिम भएपछि धार्चे गाउँपालिकाकी उपप्रमुख सुनिला गुरुङले सो जोखिम गाउँको निरीक्षण गरी फर्कनुभएकाे छ। उहाँले सो गाउँलाई अन्यत्र सार्नुपर्ने सुझाव दिनुभएकाे छ। ‘भूकम्प र पहिरोले घर भत्किएपछि गाउँलेहरु सरेर अलिक माथि बसोबास गरेका थिए। त्यहाँ नयाँ बनेको घर पनि अहिले चिराचिरा भएर बस्न नमिल्ने भएपछि गाउँलेलाई असाध्यै समस्या भएको छ’, गुरुङ भन्नुहुन्छ, ‘अब उहाँहरुलाई स्थानान्तरण गर्नुको बिकल्प छैन। हामी अहिले तत्काल गाउँलेलाई कसरी सुरक्षित गर्ने भनेर अल्पकालीन योजना बनाउँदैछौँ। दीर्घकालीन समाधान पछि गर्नेछौँ।’  

खानीगाउँ जोखिम भएपछि केही वर्षअघि गाउँपालिकाले उनीहरुलाई सदरमुकाम आसपास जग्गा खोजेर पुनस्थापित गर्ने प्रयास गरेको थियो। तर ओत लाग्ने घर मात्र भएर नपुग्ने, गरिखाने जमिन पनि चाहिने भनेर गाउँलेले माग राखेपछि सो प्रक्रिया रोकिएको थियो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर