गोरखकाली रबर र भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन माग

author

समाचारपाटी

११ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले गोरखास्थित गोरखकाली रबर उद्योग र नवलपुरस्थित भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन उहाँले माग गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमाले सांसद केसीले प्रदेशका दुई ठूला उद्योग बन्द रहेको र यसमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे । मुख्यमन्त्रीज्यूकै गृहजिल्लाको उद्योग हो । यसलाई पुनः सञ्चालन गर्न सके दीर्घकालमा प्रदेशलाई लाभ हुन सक्छ,’ उहाँले थप्नुभयाे, । संघ सरकारले हेर्ने भएपनि यो उद्योग पुनःसञ्चालनका लागि प्रदेश सरकारको भूमिका हुनुपथ्र्यो । त्यो हुन सकेन ।’सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै दुवै उद्योग त्यसैअनुसार खुलाउन पहल गर्न उनले प्रदेश सरकारसँग आग्रह गर्नुभयाे ।

गोरखकाली रबर उद्योग आधुनिक प्रविधिअनुसार पुनः सञ्चालन गर्ने भए ३ अर्ब जति लाग्ने देखिएको भन्दै सांसद केसीले सरकार र निजी क्षेत्र मिलेमा त्यो रकम ठूलो नभएको बताउनुभयाे । पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा संघ र प्रदेश सरकार
मिलेर लगानी गर्न चाहेमा सरकारको लागि ३ अर्ब ठूलो बजेट हुँदैन । संघ सरकारले कुन क्षेत्रको जिम्मा लिने, प्रदेशले कुन क्षेत्रको जिम्मा लिने त्यो हुनुपर्छ,’ उहाँले भन्नुभयाे ।

खर्च गर्नै नसक्ने पैसा किन राख्ने ?’ खर्च गर्नै नसक्ने गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयमा बजेट राखिएको भन्दै सांसद केसीले आपत्ति जनाउनुभयाे । खर्च गर्नै नसक्ने पैसा गैरविकासे मन्त्रालयमा राख्नु ठिक नभएको उहाँको भनाइ थियो । खर्च गर्न सकिने मन्त्रालय हुँदाहुँदै त्यत्रो पैसा मुख्यमन्त्री र अर्थमन्त्रीले किन थुपार्ने ? त्यहाँ थुपारेर राख्न र खर्च नगर्नभन्दा जनतामुखी एउटा कार्यक्रम बनाउँदा ठिक हुन्थ्यो,’ सांसद केसीले भन्नुभयाे ।

चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ अर्ब ५४ लाख रूपैयाँ राखिएको छ । चालु आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको थियो । चालु आर्थिक वर्षको बजेटमध्ये वैशाखसम्म ४४ करोड २१ लख ८९ हजार अर्थात् ३८ प्रतिशत खर्च भएको छ ।

आगामी आर्थिक वर्षलाई अर्थ मन्त्रालयमा १७ करोड बजेट राखिएको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयलाई १५ करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको थियो । वैशाख मसान्तसम्म ५ करोड ४५ लाख अर्थात् ३५ प्रतिशत खर्च भएको छ । सांसद केसीले आधा पनि बजेट खर्च नभएको अवस्थामा अन्य मन्त्रालयको बजेट काटेर मुख्यमन्त्री र अर्थमन्त्रीले थुपारेको भन्दै
आपत्ति जनाउनुभएकाे हाे । उहाँले अर्थ मन्त्रालयको खर्चको अवस्था हेर्दा १० करोडभन्दा बढी नचाहिने बताउनुभयाे ।

पर्यटनको सिग्नेचर कार्यक्रम खै ?’
सांसद केसीले पोखरा पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा प्रदेश सरकारले सिग्नेचर कार्यक्रम बनाउन नसकेको बताउनुभयाे । पोखरा पर्यटकीय राजधानी घोषणा भए यता पर्यटन क्षेत्रमा प्रदेश सरकारको सिग्नेचर कार्यक्रम खै ? अब पनि हिजोको जसरी नै सेमिनार, गोष्ठी र भ्रमणमा बजेट छुट्याएर हुन्छ ? अब त कम्तीमा प्रदेश सरकारले बनाएको पूर्वाधार यो हो, चिनाएको ठाउँ यो हो भन्ने त हुनुपर्ने होला नि ?’ उहाँले सरकारलाई प्रश्न गर्नुभयाे । आगामी आर्थिक वर्षलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ५६ करोड ६२ लाख २७ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

त्यसमध्ये वन तथा वातावरणतर्फ ९१ करोड ५१ लाख ४३ हजार रूपैयाँ र उद्योग तथा पर्यटन तर्फ ६५ करोड १० लाख ८४ हजार रूपैयाँ छ । उद्योग तथा पर्यटनको बजेट पर्यटन क्षेत्रलाई मात्र पनि होइन, यसमा उद्योगको काम पनि हुन्छ । उद्योग तथा पर्यटन तर्फ छुट्याइएको ६५ करोड १० लाख ८४ हजार रूपैयाँ प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको कुल बजेटको १.९७ प्रतिशत हो । वन तथा वातावरणको कूल बजेटले पर्यटन क्षेत्रमा दुर्गामी प्रभाव पार्ने काम हुन नसक्ने सांसद केसीको टिप्पणी छ ।

बजेट हेर्दा प्रदेश सरकारको आम्दानी बढाउन सकिने कुनै कार्यक्रम, स्रोत नदेखिएको र त्यसतर्फ लाग्न सांसद केसीले सुझाव दिनुभयाे । वैदेशिक रोजगारीमा जाने युवाहरू टिकटमा ठगिने क्रम बढेको तर समाधान गर्नेबारे सरकारले चासो नदिएको उनले बताउनुभयाे ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन