काठमाण्डौं । पछिल्लो तीन दिनदेखी सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा केही उतार चढाव देखिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ रहेको महासंघले जनाएको छ । यो मूल्य बिहीबारदेखिकै निरन्तर भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेपनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।