काठमाण्डौं । आज बुधबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका नुसार आज छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० कायम गरिएको छ।