काठमाडौं I सुनचाँदीको बजारमा आज पनि भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १,६०० रुपैयाँले बढेर तोलाको १,५०,९०० रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर १,४९,३०० रुपैयाँमा झरेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज वृद्धि भएको छ। चाँदी तोलामा ४५ रुपैयाँले बढेर १,८४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
सुनचाँदीको भाउमा भएको यो उतारचढावले बजारलाई थप प्रभावित बनाउने अनुमान गरिएको छ।