काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा पुगेको छ।
सोमबार मात्र सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँ थियो।
सुनचाँदी बजारमा पछिल्लो गिरावटको कारण भने खुलाइएको छैन।