काठमाडौं । बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेर एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।