काठमाडौं l आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार रुपैयाँ रहेको थियो भने आज सुनको भाउ तोलाको एक लाख ४८ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ८० रुपैयाँ रहेको थियो भने आज चाँदीको भाउ एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।