काठमाडौं I सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ थियो। सरकारले सुन आयातमा लाग्ने भन्सार महसूल घटाएपछि केही समयका लागि घटेको भाउ हिजोदेखि पुनः बढ्न थालेको हो।
त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी आज पनि हिजोको जस्तै तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।