काठमाडौं I आज सुनको भाउ एकैदिन तोलामा २१०० रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ। हिजो यो मूल्य १ लाख ५० हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ पुगेको छ।
सरकारले सुनचाँदी आयातमा लाग्ने भन्सार महसुल घटाएपछि केही समय भाउ घटेको थियो। सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको र चाँदीको दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएपछि चोरी तस्करी रोक्न यो कदम उठाइएको हो।