काठमाडौं I सुनचाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबारको तुलनामा तोलामा ४ सय रुपैयाँले घटेर अहिले तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा झरेको छ। सुनचाँदीको मूल्य घट्न थालेपछि बजारमा माग बढ्ने अनुमान गरिएको छ।