काठमाडौं I नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुनको मूल्य १ लाख ४८ हजार ७ सय रूपैयाँमा झरेको थियो।
चाँदीको मूल्य पनि बुधबार बढेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ८३० रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रूपैयाँले वृद्धि भएको हो।