काठमाडौं । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँ बनाएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।