काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।