काठमाडौं। नेपाली बजारमा सुनको मुल्य आज दुई सय रुपैयाँले घटेको छ ।आज सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको भाउ यथावत् छ । आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।