काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट भएको छ । गएको शुक्रबार तोलामा एक हजार र हिजो नौ सय रुपैयाँले घटेको सुनको मुल्य आज तोलामा छ सय रुपैयाँले घटेको हो ।
आज सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधवार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीवार पनि सुन यही मुल्यमा कारोबार भएको थियो । शुक्रवारदेखि भने भाउ घट्न थालेको हो । आज चाँदीको मुल्य भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।