काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य मात्रामा वृद्वी भएको छ ।सुनको मूल्य एक हजार रुपैयाँले घटेर तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो । यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा नौ सय रुपैयाँले बढी हो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३० रुपैयाँ कायम भएको थियो ।