काठमाडौं । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।