घटना देखाएर बिमा दाबी गर्न आफ्नै पसल लुटपाटको नाटक

author

समाचारपाटी

१ year अगाडि

चितवन । असार १ गते पूर्वी चितवनको खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसल लुटपाट हुन्छ। राति साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा दुई व्यक्ति आउँछन्। कालिका नगरपालिका–६ स्थित उक्त पसलभित्र व्यवस्थापक विजय विश्वकर्मा र पसलमा रहेका बापीधर गौतम हुन्छन्। मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी देखाएर त्रसित बनाउँदै सुनचाँदी डकैती गर्छन्।

त्यसबेलासम्म वरिपरिका कसैले पनि घटनाबारे थाहा पाउँदैनन्। हरेक महिनाको १ गते खोलेसिमलको बजार बन्द हुने नियम छ। उहाँले त्यसदिन पसल खाेल्नुभएकाे थियाे। लुटेराले डर धाकधम्की त्रास देखाएर पसलको २ करोड १७ लाख ५४ हजार ४ सय १५ रुपैयाँ बराबरको सुनचाँदी र पिहराको गहना लुटेर लान्छन्। छिनभरमै पसल रित्तो हुन्छ। त्यसपछि सञ्चालकले हारगुहार गरेर प्रोपोगान्डा मच्चाउँनुहुन्छ।

झट्ट सुन्दा फिल्मको कहानी लाग्ने यो घटनाको परिकल्पनाकार सोही पसलका सञ्चालक हुन्। यो घटना करिब १८ दिनसम्म सनसनी बन्यो। खोलेसिमल बजार व्यवस्थापनको निर्णयअनुसार हरेक महिनाको १ गते पसल बन्द हुने दिन सुन पसल खुला थियो। सामान्यतया ६ बजे बन्द हुने दिन सुन पसल त्यसदिन राति साढे आठ बजेसम्म खुला थियो। प्रहरीले अनुसन्धानको थालनी यहीबाट सुरु गर्‍यो।

पसलका कामदारसहित घटनामा सहभागी भएको प्रहरीले पत्ता लगाउनबेर लागेन। आफ्नै योजनामा आफ्नै पसल लुटाएको नाटक गरेर सुनचाँदी लुकाएका विनोद पसल लुटेको नाटक मञ्चन गरेर प्रहरी सामु पुगेका थिए। उनै सञ्चालक प्रहरीको अनुसन्धानबाट उम्किन पाएनन्। १८ औं दिनमा मुख्य योजनाकार विनोद विश्वकर्माले नाटकीय ढंगबाट पात्र खटाएर आफैं पसल लुटेको तथ्य फेला पारेको हो।

लुटपाट भएको भनिएको गहना केही दिनमै बरामद गरेको थियो। सुनचाँदी पसल लुटपाटको घटनाले जिल्लाकै शान्ति सुरक्षामा प्रश्न उठ्नु स्वाभाविक थियो। लुटपाट भएको घटना देखाएर बिमा दाबी गर्न यो घटना रचेका थिए। विश्वकर्माले २ करोड २० लाखको बिमा गरेका थिए। यसका लागि लुटपाटको नाटक गर्नेलाई ५० हजार दिएका थिए। घटनाको अनुसन्धानका लागि सीआईबीको टोली चितवन आएको थियो। प्रहरीले यो अनुसन्धानलाई अप्रेसन धनानन्दको नाम दिएको थियो। ‘घटनाको प्रकृति हेर्दा हामी अति बढी संवेदनशील र अलि बढी शंकास्पद कुरा पनि थिए। सीआईबीको टोली सहितले घटनाको पत्ता लागेको हो,’ चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालले भने, ‘बजार बन्द भएको दिन पसल खुल्नु, ६ बजे बन्द हुने सुन पसल राति साढे आठ बजेसम्म बन्द नभएको कारणबाटै घटना सुरुदेखि नै सञ्चालक शंकाको घेरामा थिए। यसमा हामी निचोडमा पुग्न सक्यौ।’

पसलका सञ्चालक कालिका ६ का ३५ वर्षय सुनुवार, व्यवस्थापक कालिका ७ का विजय विश्वकर्मा पक्राउ परेका छन्। मोटरसाइकलमा गएर लुटेको नाटक गर्ने तनहुँ म्याग्दी गाउँपालिका ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बाराको बारागढी नगरपालिका ४ का १८ वर्षीय पवनकुमार पासवान पक्राउ परे। त्यस्तै चोरी गरेर धनमाल लुकाउन सहयोग गर्ने कालिका ६ कै अञ्जना पुडासैनी केसी पक्राउ परेका छन्। प्रहरीले चितवन जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

आफूले लिएको ऋण नतिर्न चोरी भएको देखाएर जालसाझी गरेर सञ्चालक विनोद सुनारले आफैंले सुन लुकाएर चोरी भएको उजुरी दिएका थिए। उजुरी गर्ने सञ्चालक नै प्रहरीको नजरमा परे। उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शंका लागेपछि प्रहरीले शंकास्पद देखिएपछि सञ्चालक प्रहरीको निगरानीमा थिए। उनीसहित ५ जना पक्राउ परेका छन्।

सञ्चालक विश्वकर्माकी साथी रहेकी अन्जना पुडासैनीको घरबाट सुन बरामद गरिएको हो। ‘साँझको बेला घटना ठूलो लुटपाटको घटना हुनु भनेको संवेदनशील त हुन्छ नै। तर हामी सुरुबाटै यस्तो खालको घटना हुनै सक्दैन भन्नेमा हामी यकिन थियौं,’ एसपी रिमालले भन्नुभयाे ,‘विमालाई झुक्काउने नियत रहेछ। सीआईबी प्राविधिक रूपमा फास्ट हुन्छ।

annapurnapost


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.४३°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...