काठमाडौं । नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा वृद्धि हुने क्रम जारी रहेकाे छ। शुक्रबार सुनकाे मूल्य प्रति ताेला १ हजार ३ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनकाे मूल्य बिहीबार पनि १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँमा पुगेकाे थियाे। यसअघि बुधबार ४ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे।
त्यस्तै, चाँदीकाे मूल्य पनि शुक्रबार प्रति ताेला १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेकाे छ। बिहीबार चाँदी ८० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएकाे थियाे।
सुनचाँदीकाे मूल्यमा आएको यो वृद्धिले बजारलाई प्रभावित बनाइरहेकाे छ।