गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी हुनुभएकाे छ । उहाँले २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभएकाे हाे ।
निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएकाे हाे । एमाले सचिव विष्टले २ हजार ४४ मतान्तरले झाँक्रीलाइ पराजित गर्नुभएकाे हाे।
निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मका वडा पर्छन्। यसअघि पनि विष्ट विजयी हुनुभएकाे थियाे। विष्ट अहिले चौथोपटकको विजयी हुनुभएकाे हाे।