ग्लोवल वार्मिङले पूर्वी र दक्षिणपूर्वी स्पेनमा हालसालै विनाश मच्चाएको जस्तै धेरै तिब्र र खतरनाक आँधीको सम्भावना बढाउनसक्ने एक स्पेनी जलवायु विज्ञले चेतावनी दिनुभएको छ । बार्सिलोना विश्वविद्यालयका जलवायु विशेषज्ञ र भौतिक भूगोलका प्राध्यापक जेभियर मार्टिन–भिडले अन्तर्वार्ताका क्रममा सो टिप्पणी गर्नुभएको हो । भूमध्यसागरबाट वाष्पीकरण हुने पानीको उच्च मात्राले भविष्यका घटनाहरू निम्त्याउन सक्ने र जुन धेरै खतरनाक हुने बताउनु भयो । भ्यालेन्सिया कास्टिला–ला मान्चा र अन्डालुसियाका क्षेत्रमा आइसोलेटेड डिप्रेसन एट हाई लेभल भनिने आँधीबाट उत्पन्न भइरहेको विनाशकारी बाढीले पहिले नै २ सय भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । सयौं अझै बेपत्ता भएका छन् ।
उहाँले मानव बसोवास र गतिविधिहरूको योजना बनाउन स्थानीय भूगोललाई ध्यानपूर्वक विचार गर्नुपर्ने बताउनु भयो ।
सिन्ह्वा