काठमाडौं I ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड आइतबारदेखि सर्वसाधारण तथा संघ–संस्थाका लागि सार्वजनिक निष्कासनमा आएको छ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गर्ने यो बन्दमुखी फण्डको कोष आकार प्रारम्भिक १ अर्ब २० करोड रुपैयाँ रहनेछ। प्रति इकाई १० रुपैयाँ दरमा कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक र व्यवस्थापकमा रहनेछ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला गरिएको हो।
यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। योजना १० वर्ष अवधिको हुनेछ र नेप्सेमा सूचीकृत हुनेछ। क्यापिटलले वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
इक्रा नेपालले यस फण्डलाई ‘ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ। लगानीकर्ताले देशभरका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।