fbpx

१८औँ वार्षिकोत्सवमा ग्लोबल आइएमईद्वारा रक्तदान कार्यक्रम

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले पौष १८ गते आफ्नो स्थापनाको १८ वर्ष पूरा गर्दै १९ औँ वर्षमा प्रवेशको खुसीमा रक्तदानसँगै निशुल्क आँखा जाँच, रक्तचाप, र मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।

देशका सातवटै प्रदेशमा एकसाथ सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशको तीनपैनी, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ, गण्डकी प्रदेशको पोखरा न्यूरोड, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत, र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा ७५७ जनाले रक्तदान गरे। यसका साथै, ११९ जनाको आँखा जाँच तथा २०० जनाको रक्तचाप र मधुमेह परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो।

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सम्बोधन गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले देशभर शाखा सञ्जालमार्फत ग्राहक सेवा प्रदान गर्दै स्वास्थ्यजस्ता समाजोपयोगी कार्यलाई प्राथमिकतामा राखेको छ।

ग्लोबल आइएमई बैंकलाई २०२४ को ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड र युरो मनी एक्सलेन्स अवार्डले नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित गरेको छ। यसका साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पनि प्राप्त गरेको छ।

देशभर ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, र ३ बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै बैंकले देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाइरहेको छ।

रेमिट्यान्स सेवामा समेत सक्रिय ग्लोबल आइएमई बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेशिया, जापान, साउदी अरब, कतार, भारत लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै लाखौं नेपालीलाई सेवा दिँदै आएको छ।

१८ वर्षे यात्रालाई स्मरणीय बनाउँदै बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा र समाजोपयोगी कार्यक्रममार्फत राष्ट्रलाई योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन