ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा

author

समाचारपाटी

३ दिन अगाडि

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि “ग्लोबल आइएमई समुन्नत योजना २” नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु हुने यस योजना बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहित सञ्चालन हुनेछ। योजना बन्दमुखी प्रकारको हुनेछ र १० वर्ष अवधिको लागि लागू हुनेछ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रूपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने लक्ष्य राखेको छ। इक्विटी साधनमा ७० देखि ९० प्रतिशत, ऋणपत्र र फिक्स्ड डिपोजिटमा ०–१० प्रतिशतसम्म लगानी गरिने छ।

यस योजनाले न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म लगानी गर्न सकिनेछ। प्रति इकाईको मूल्य १० रुपैयाँ तोकिएको छ। इकाईहरू नेपाल स्टक एक्सचेञ्जमा सूचीबद्ध गरिने छन्।

ग्लोबल आइएमई क्यापिटलले वार्षिक औसत २२.४९ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ भने अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहनेछ। पहिलो ९ वर्षसम्म ८ देखि २० प्रतिशतसम्म लाभांश वितरण गरिने अनुमान गरिएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो, जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्गमा यस योजनालाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस र इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ