fbpx

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट दिने

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज अनलाइन स्टोरबाट सामान खरिद गर्दा १८ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यो योजना पौष १८ गतेदेखि पौष २४ गतेसम्म लागू हुनेछ। ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजमा कम्तीमा रु. १,८०० को खरिद गर्दा यो छुट पाउनेछन्। छुटको अधिकतम सीमा रु. १,८०० कायम गरिएको छ।

साथै, छुट योजनाअन्तर्गत बैंकले १८ जना भाग्यशाली ग्राहकलाई एयरबड उपहार स्वरूप प्रदान गर्नेछ।

ग्लोबल आइएमई बैंक मुलुकको पहिलो निजी वाणिज्य बैंक हो जसले सतहत्तरै जिल्लामा शाखा सञ्जाल स्थापना गरेको छ। बैंकका ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, र ३ वटा विदेश प्रतिनिधि कार्यालय गरी १,१०० भन्दा बढी सेवा केन्द्रहरू छन्।

बैंकले रेमिट्यान्स सेवामार्फत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मलेसिया, कतार, यूएई, भारत लगायतका विभिन्न देशहरूबाट रकम भित्र्याउँदै आएको छ।

ग्लोबल आइएमई बैंकले २०२४ मा ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड र युरो मनी अवार्ड फर एक्सलेन्स प्राप्त गरी नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ।

बैंकले यस प्रकारका योजनामार्फत ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै समयानुकूल सेवाहरू उपलब्ध गराउँदै आएको छ।



काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन