ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको हो । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
—न्युज एजेन्सी नेपाल