fbpx

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ऋण लगानीकर्ताको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले काठमाडौँको कमलादी शाखामा शुक्रबार हाट बजारको उद्घाटन गरेका छन्। रेग्मीका अनुसार यो हाट बजारले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई बजारमा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

“हाट बजारले अर्गानिक, रैथाने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मात्र नभई नेपाली उद्यमीलाई हौसला प्रदान गर्नेछ,” रेग्मीले उद्घाटन समारोहमा भने।

हाट बजारमा विषादी रहित कृषि उत्पादन, रैथाने बाली, स्थानीय स्रोतबाट बनेका हस्तकला सामग्री, सजावटका बिरुवा जस्ता सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछ।

ग्लोबल आइएमई बैंकले यो अभियानलाई लघु, साना तथा मझौला उद्यमको प्रवद्र्धनमा महत्वपूर्ण कदमको रूपमा चित्रण गरेको छ। रेग्मीले बैंकका ऋणीका उत्पादन खपत र प्रवद्र्धन गर्नु बैंकको सामाजिक जिम्मेवारी रहेको बताए।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित सेवा, ६८ एक्सटेन्सन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले २०२४ का लागि ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड’ र ‘युरो मनी अर्वाड फर एक्सलेन्स’ सहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। साथै, बैंकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, खाडी मुलुक लगायतका देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल हाट बजारको सुरुवातले नेपाली उत्पादनलाई बजारीकरण गर्दै उद्यमशीलतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन