काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बीच उक्त सहयोग हस्तान्तरण गर्नुभयो।
कार्यवाहक नगर प्रमुख सुवेदीका अनुसार कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधीन शवदाह गृहले कोहलपुर र आसपासका नागरिकका लागि शवदाह प्रक्रिया सरल, सहज र कम खर्चिलो बनाउने छ।
कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख सिवाकोटीले विधुतीय शवदाह गृहले वातावरणीय प्रभाव घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनामा योगदान गर्दै आएको जानकारी पनि दिनुभयो।
ग्लोबल आइएमई बैंकले हालै “ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४” र “युरोमनी अवार्ड फर एक्सलेन्स २०२४” का दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पाएको छ। बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानहरू प्राप्त गर्दै आएको छ।