fbpx

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले सामुदायिक तथा सरकारी विद्यालयका कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा भर्ना भएका विपन्न वर्गका छात्राहरुलाई यो छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति कार्यक्रम अन्तर्गत छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि प्रत्येक वर्ष १२ हजार रुपैयाँको सहयोग उपलब्ध गराइनेछ।

बैंकले ७ वटै प्रदेशबाट ५ जना गरी कुल ३५ जना छात्राहरुलाई छनोट गरी छात्रवृत्ति प्रदान गरेको छ। हालसम्म यो कार्यक्रम अन्तर्गत १४० जना छात्राहरुले लाभ लिइसकेका छन्।

ग्लोबल आइएमई बैंकले यो कार्यक्रम समाजको शिक्षाको स्तर अभिवृद्धि गर्न तथा आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने बाध्यतालाई न्यूनिकरण गर्नका लागि सञ्चालन गरेको जनाएको छ।

बैंकका अनुसार महिला शिक्षाले समाजमा चेतनाको स्तर वृद्धि गर्नुका साथै महिलाहरुलाई आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। यस प्रकारका कार्यक्रमले शिक्षामा पहुँच बढाउन मद्दत गर्ने र दीर्घकालीन रूपमा समाजको विकासमा योगदान दिने बैंकको दाबी छ।

ग्लोबल आइएमई बैंकले हालसम्म ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ सहित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ।

७७ वटै जिल्लामा आफ्नो सञ्जाल फैलाएको यस बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, ३ विदेशस्थित प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवामार्फत विदेशमा रहेका नेपालीहरुको कमाइलाई नेपाल भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन