fbpx

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा देशभर स्थानीय संघ/संस्थासँगको सहकार्यमा यो योजना लागू गरिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले अनामनगरस्थित कार्यालय परिसरमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरे। रेग्मीले बृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै चालु आर्थिक वर्षभरि १८ हजार बिरुवा रोप्ने योजना रहेको जानकारी दिए।

कार्यक्रममा बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो। ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

यसका साथै, बैंकले ग्लोबल फाइनान्सको "बेष्ट बैंक अवार्ड २०२४" तथा "युरो मनी अर्वाड फर एक्सलेन्स २०२४" सहित नेपालका विभिन्न प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ। मुलुकभर ३५५ शाखा, ३८४ एटिएम, र १,१०० भन्दा बढी सेवा केन्द्रहरूसँग, बैंकले आफ्नो सेवाको दायरा विस्तार गरिरहेको छ।

बैंकले रेमिट्यान्स सेवामार्फत पनि नेपालभित्र विदेशी मुद्रा भित्र्याउँदै आएको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम बैंकले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन