fbpx

ग्लोबल बैंकद्वारा फोटो पत्रकारलाई क्यामरा खरिदका लागि विना धितो कर्जा दिने

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरूलाई क्यामरा खरिदका लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ।

बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै बैंकले फोटो पत्रकारहरूलाई रु २ लाखदेखि ५ लाखसम्मको कर्जा प्रवाह गर्ने समझदारी भएको हो।

सहज किस्ताबन्दी सुविधासहित ६ महिनादेखि १८ महिनासम्मको अवधिमा कर्जा भुक्तानी गर्न सकिनेछ। इच्छुक फोटो पत्रकारहरूले आवश्यक कागजात तथा आवेदन फारम एनएफपिजेको सिफारिससहित बैंकमा पेश गर्नुपर्नेछ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भएको छ।

सातै प्रदेश तथा ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले नेपालभित्र मात्र नभई संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएई, भारत लगायतका देशहरूबाट पनि रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...