काठमाडौंँ । नेपालका चर्चित कलाकार प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतले शनिवार बेलुकी क्याटवाक गरेका छन् । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा उनीहरुले मोडलकासाथ क्याट वाक गरेका छन् ।
दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजना गरिएको फेशन सोमा कलाकारले शो टपरको रुपमा र्याम्पमा क्याट वाक गरेका हुन् । फेशन शोमा कलाकार बाहेक पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थिए । प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर,राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्प प्रस्तुत भएको थियो ।
हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेशन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेशन प्रेमीलाई जानकारी दिने र फेशन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागिएको आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक
पवन आचार्यले जानकारी दिनुभयाे । करिब तीन घन्टा चलेको शोमा कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।