काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गर्नु भएको छ ।
विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गर्नु भएको हो।
सामाजिक सञ्जालमा उहांले लेखेनु भएको छ, प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले भ्रष्ट भनिसक्यो , इन्डियाले भिखारी भनिसक्यो , चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।