काठमाडौं Iअहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। नेपाली चेली माथि आफ्नै तीन जना दाईहरु मिलेर बलात्कार गरेको समाचार ।यो घटना अहिलेको नभएर पाँच महिना अगाडीको घटना हो।
नेपालबाट अध्ययनको क्रममा क्यानडा पुगेकी २० वर्षिय चेली क्यानडा पुगेको तीन महिनापछि आफ्नै भाइटिका लगाएका दुई दाइ र उनका एक साथी , तीन जना मिलेर कफीमा औषधी मिसाएर ६ घन्टासम्म बेहोस पारी बलात्कार गरेका थिए।
छ घन्टापछि नेपाली चेली होसमा आउदा उनका शरीरमा कुनै वस्त्र थिएन र शरीर एकदमै शिथिल अवस्थामा पाएपछि उनले प्रहरीलाई सम्पर्क गरेकी थिइन। त्यसपश्चात उनलाई अस्पतालमा चेक जाँचका लागी लैजाने क्रममा एच.आइ. भी. पोजेटिभ देखाएको थियो । बलात्कार गर्ने तीन जना मध्ये एकलाई एच.आइ. भी. भएको पाइएको थियो। पिडित चेली डिप्रेसनको सिकार भएकी थिइन ।