fbpx

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव सम्पन्न

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग दोश्रो वर्ष पार गरेकोमा खुसी ब्यक्त गर्नुभयाे ।

उद्योग सञ्चालनले युवाहरुलाई स्वदेशमै स्वरोजगार गर्ने र अन्यलाई रोजगार गर्ने भएकाले गण्डकी प्रदेश सरकारले लोकाहा र पुँडीटारमा औधोगिक क्षेत्र सञ्चालन गर्न लागेको समेत वताउनुभयाे । उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ब्याज कायम गराउन तर्फ समेत गण्डकी प्रदेश सरकारले आग्रह गर्दै आइरहेको उहाँको भनाइ रहेको थियो । गण्डकी प्रदेश निर्माण ब्यवसायी संघ अध्यक्ष टंक प्रसाद अधिकारीले आफुहरु निर्माण ब्यवसायी भएकाले उद्योग सञ्चालकहरु संग सहकार्य गरेर अगाडी वढ्ने बताउनुभयाे । सरकारले निर्माण व्यवसायीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा समेत जोड दिनुभयाे ।

पोखरा औधोगिक क्षेत्रका कार्यालय प्रमुख हिमालय भण्डारीले युवा व्यवसायीहरुले औधोगिक क्षेत्रमा जिआइ वायर उद्योग सञ्चालन गरेर आफुुहरुलाई हौसला प्रदान गरेको बताउनुभयाे । सम्पूर्ण युवाहरु मिलेर नै देशमा केही योगदान गर्न समेत उहाँको आग्रह रहेको थियो । पोखरा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले अहिलेको अवस्थामा युवाहरु पलायन भइरहदा युवाहरुद्धारा उद्योग सञ्चालन गरेर युवाहरुले गरेको उद्योग पनि सफल हुन्छ है भन्ने सन्देश प्रदान गरेको बताउनुभयाे ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट चारजना व्यवसायीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कर्ण विल्डर्सका नबिन गुरुङ, सिम्रन कन्स्ट्रक्सनका बल बहादुर राना मगर, आई डी कन्स्ट्रक्सनका धु्रब भट्टराई र कन्स्ट्रक्ट नेपालका बम बहादुर थापा रहेका छन ।

सम्मानितहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.का अध्यक्ष मोहन प्रसाद ढकाल, प्रालिका सञ्चालक लगायतले सम्मान गरेका थिए । कम्पनीका एमडी प्रतीक अधिकारीको ब्यवस्थापनमा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाका पूर्वाधार निर्माण, सिचाइ, महानगर प्राविधिक, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायतका उपस्थिती रहेको थियो । प्रालिका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका सञ्चालक शंकर प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन