पोखरा । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिब र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा ताब्वे युवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–
२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा वालिङसँगको भेट पक्का गर्याे । अब उपाधिका लागि भोलि (शुक्रबार) दिउँसो प्रतिस्पर्धा हुनेछ । कुल ६ टिमको सहभागिता (लिगकम नकआउट) रहेको भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक,उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ ।
खुला बास्केटबलतर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको अन्नपूर्ण बास्केटबल समितिका अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार आज भएको पहिलो क्वाटरफाइनल खेलमा टाइम्स क्लबले दाबलाई ५९–१९ ले पराजित गर्याे । यस्तै दोसो क्वाटरफाइनल खेलमा आर्मी क्लबले घान्द्रुक टिम ‘ए’लाई ५९–३८ ले हरायो । तेसो क्वाटरफाइनल खेलमा मर्दीखोला क्लबले घान्द्रुक टिम ‘बि’माथि ४६–४१ ले जीत निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा सेञ्चुरी युवा क्लबले पुन युनाइटेड नदीपुरलाई ६६–५० ले पराजित गर्दै सेञ्चुरी क्लब सेमिफाइनलमा प्रवेश गर्याे ।
अब शुक्रबार पहिलो सेमिफाइनल खेल बिहान ७ बजे विभागीय क्लब आर्मी क्लब र मर्दीखोलका बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्काे सेमिफाइनल खेल टाइम्स क्लब कामाण्डौं र सेञ्चुरी युवा क्लब छोम्रोबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि ह्विलचियर बास्केटबलको प्रदर्शन गरिने गुरुङले जानकारी दिनुभयाे । कुल १२ टिमको सहभागिता रहेको खुला बास्केटबलतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।