अनकारा । टर्कीमा गएको भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु भएको छ ।
भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको हो ।
एत्सुका एजेन्टले उहाँको मृत्युको पुष्टि गरेका छन् । ३१ वर्षीय एत्सुले प्रिमियर लिगमा एभर्टन, चेल्सी र न्युक्यासल फुटबल क्लबबाट खेलिसक्नुभएको छ ।
भूकम्पपछि उहाँ गत फेब्रुअरी ६ गतेदेखि बेपत्ता हुनुभएको थियो । उहाँको अपार्टमेन्ट पनि भूकम्पमा भत्किएको थियो ।