fbpx

चेतनाको अग्रपक्ष लिने विधा कविता

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि कल्पना चिलुवाल । पोखरामा जारी १२ औँ एनसिएल फाउडेशन तेस्रो दिनको ‘कविताको कर्म’मा बोल्दै चिलुवालले कविताले चेतनाको अग्रपक्ष बोकेर हिँडेको सुनाउनुभयाे । पछिल्लो दशकमा कविलाई हेर्ने दृष्टिकोणपनि बदलिएको उहाँले बताउनुभयाे ।

‘केही दशक पहिला कवि भन्ने बित्तिकै एउटा झुत्रो कपडा लगाएको मैलो कपडा लगाएको चप्पल पड्काउँदै हिँड्ने एउटा विम्ब स्थापित गरिएको थियो । अहिले आइसक्दा त्यो विम्ब चाहिँ विस्तारै विस्तारै फेरिँदै गएको छ । हरेक समाज परिवर्तनको आन्दोलनहरुमा राजनीतिक परिवर्तनको आन्दोलनहरुमा कहीँन कहीँ कवितालाई इतिहास देखिने प्रयोग गर्दै आइरहेको छ,’ चिलुवालले भन्नुभयाे । कविताको छोटो वाक्यांशले समेत मान्छेको मस्तिष्कलाई झंक्रित पार्न सक्ने उहाँको भनाइ छ ।

‘कविताले कहिलेकाँही चेतनाको यति चाहिँ अग्रपक्ष बोक्छ कि त्यो कविता सुन्दा हामीलाई चाहिँ तत्काल हाम्रो सोच विश्वासमा कताकता भूइँचालो ल्याइदिन सक्ने सामथ्र्यपनि कविताले ल्याइदिन सक्छ,’ चिलुवालले भन्नुभयाे। सूक्ष्म भन्दापनि सूक्ष्म कुरा बोकेर विशाल आयम ग्रहण सक्ने कविताको क्षमता रहेको चिलुवालले बताउनुभयाे । कविता जटिल र गहिरो विषय रहेको बताउँनुहुन्छ कवि तथा गीतकार रमेश क्षितिज । ‘कविता विषय जटिल हो । साहित्यकै अरु विधाको पनि कविता मूर्तताको,
लोकप्रियताको, उद्देश्यको कुरा हामी जब गर्छौँ । त्यो त्यति मूर्त देखिँदैन । कवितामा कर्ममा किन लागियो भन्ने अत्यन्त गहिरो प्रश्न हो त्यो प्रश्नको उत्तर मैले अहिलेपनि खोजिरहेको छु । कविताले के दिन्छ समजालाई भन्ने कुरा धेरै बहसको विषय हुनसक्छ,’ क्षितिजले भन्नुभयाे ।

उहाँको विचारमा कविताले होशपूर्वक बाँच्ने तरिका र मूल्य दिन्छ । गाउँमा रेडियोमा कविता सुनेर हुर्किएर क्षितिज कविताको पुस्तक पढ्दै कवितासँग साक्षारत्कार भएको बताउँनुहुन्छ । कविले समाजमा नजरअन्दाज गरेको विषय शब्द मार्फत उतार्ने बताउँनुहुन्छ उर्दू साहित्य फाउन्डेशनका अध्यक्ष तथा कवि र सायर सहर महमूद । ‘म जून ठाउँबाट आउँछु त्यो ठाउँमा सायद जन्मिछ । बन्दैन । जब उसलाई मौका मिल्छ तब उसको अन्तरआत्माबाट सायरी आफैँ निस्किन्छ। आम मान्छेले समाजमा देख्न नसकेका विषय सायरले देख्छ र आफनो अन्दाजले लेख्छ,’महमूदले भन्नुभयाे ।

महमूदको भनाइमा सहमत हुँदै कविताले क्षितिजले समाजको प्रतिविम्बि देखाउने बताउनुभयाे । ‘कविताको मूल मर्म भनेको समाजमा देखिरहेका कुराहरु लाई प्रतिविम्बित गर्ने हो । मान्छेले कल्पना नगरेको समाजमा नभएका कुराहरु आउने कुरा होइन । तथापि कविको कर्म भनेको उज्यालोतिर हिँड्नु हुन्छ,’कवि क्षितिजे भन्नुभयाे । कविले मुक्ति र स्वतन्त्रताको लागि भूमिका खेल्ने बताउँनुहुन्छ क्षितिज । ‘समाजमा जे छ त्यो कुरा अँध्यारो छ भने अँध्यारोको पनि गीत गाइन्छ । त्यो गाउने कुरा चाहिँ कविता हो । कविता मानिसको जीवन सँग जोडिने कुराहरु गर्छौ । त्यो समाज भन्दा बाहिर गएर आउने कुरा होइन । समाजमा विकृति, गरिबी छ समस्या छ तर त्यसको बाबजुदपनि मानिसले खोज्ने मुक्ति स्वतन्त्रता न्यायका गीतहरु खोजेर कविले हिँड्छ,’ क्षितिजले भन्नुभयाे । सो सत्रलाई गणेश खनियाले सहजीकरण गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन