fbpx

‘अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन’:- शंकर पोखरेल

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताउनुभएको छ । 
महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गर्नुभयो । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहोर्‍याउनु भयो । मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरुले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गराउन चाहेको तर्क पनि गर्नुभयो । उहाँले जनादेश विपरित कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्‍याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशील रहेको बताउनु भयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली काँग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ ? भन्दाखेरी नेपाली समाजमा राजनीतिको धुब्रिकरण हुन सकेन । बलियो राजनीतिक दलहरु, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरु बलिया हुन सकेनन् । यो  मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौंता गर्ने, नीतिगत सम्झौंता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ । त्यस अर्थमा मैले भन्ने गरेको छु–जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु, त्यतिधेरै राजनीतिक अस्थिरता । जति धेरै राजनीतिक दलहरु, त्यतिधेरै वैदेशिक चलखेल । जतिधेरै राजनीतिक दलहरु, राष्ट्रको भविष्य अध्यारो हुन्छ । त्यस अर्थमा धेरै राजनीतिक दलहरु होइन्, बलिया राजनीतिक दलहरुतर्फ अव समाजलाई डोहोर्‍याउन जरुरी छ । बलिया राजनीतिक दलहरुको निर्माणका लागि हामीले चुनाव लगत्तै मिशन ग्रासरुट अभियान चलायौं । त्यसको मुख्य उद्देश्य के थियो ? अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अव यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरुको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेको विकास अवको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं । र, त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको कुरा म तपाईँहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अव एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताउनु भयो । उहाँले नीति, सिद्धान्त र संगठनविनाका नयाँ राजनीतिक शक्तिहरुले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर समेत गर्नुभयो ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन