‘अहिले राजनीतिको जुन हावा चलेको छ, हावा चल्नुको केही खास कारण छन्’:-घनश्याम भुसाल

author

समाचारपाटी

२ years अगाडि

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ । 

अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो । शनिवार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरबिरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्याउनु भयो । महासचिव भुसालले माक्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले राजनीतिको जुन हावा चलेको छ । हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्यौं । माथि गएकाले बिगार्यौं । यो क्रान्तिको झण्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरु ले नै हो, हाम्रा नेताहरुले नै हो । अब इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेशनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।’

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताहरुले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने दोहोर्याउनु भयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...