‘काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन’:- महामन्त्री गगन थापा

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताउनुभएको छ ।

सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने बताउनु भयो । उहाँले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताउनु भयो । उहाँले सरकारमा नयाँ आएकाहरुले काँग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनु भयो । उहाँले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले नयाँ आएका सरकारका साथीहरुले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म काँग्रेस भएकाले नभएको हो, अब काँग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि । म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो । हामी देको देइ गर्न थाल्यौँ क्या । २०८१ साल एक वर्ष नेपाली काँग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ । महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् । मल कारखाना खोल्छु भन्नेकुरा नेताले आएर दिने गफ हो यो, यसलाई नपत्याउनु होला । धेरै साथीहरुले अर्बौं रुपैयाँ पैसा सहकारीमा लगेर जम्मा गर्नुभएको छ । सहकारीले कयौँ राम्रा काम गरेका छन् । तर केही मानिसहरुले सहकारीको रकमको यति दुरुपयोग गर्ने अवस्था बन्यो । जसको कारणले हजारौँ मानिसहरु सडकमा आइपुगेका छन् । ति मानिसहरुलाई न्याय गर्नुपर्नेछ, फिर्ता गर्नुपर्नेछ । न्यायको आवाज हामी बन्नुपर्छ । काँग्रेस, एमाले, माओवादी भन्दिनँ । हामी दुई महिना अघिसम्म सरकारमा थियौँ, सकेनौँ नि त ।’महामन्त्री थापाले नागरिकहरुको न्यायको लागि काँग्रेसले आवाज उठाउने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...