रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छः विश्वप्रकाश शर्मा

author

समाचारपाटी

४ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरुले साझा विषय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले राजनीतिक विषयहरु बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरु सबै राजनीतिक दलहरुको साझा विषय बन्नुपर्ने बतउनु भयो । रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताउनु भयो । 
महामन्त्री शर्माले भन्नुभयो, ‘राजनीतिक दलहरुले गर्ने बहस, दलहरुको कर्म, दलहरुको एजेण्डा, दलहरुको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरुमा जानुपर्छ । जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो । सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो । पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो । रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली काँग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ ।’

महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, साउन २, २०८२

२९.०८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक