‘पार्टीको चिन्ता पछि गर्दापनि हुन्छ, अहिले देशको चिन्ता गरौँ’:- महामन्त्री विश्वप्रकाश शर्मा

author

समाचारपाटी

२ years अगाडि

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नभइ देशको चिन्ता गर्न जरुरी रहेको बताउनुभएको छ । 
शनिवार काठमाडौंमा यात्रा आफैँभित्र नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सबै राजनीतिक दलहरु मिसन २०८४ भनेर बसिरहेको भन्दै राजनीतिक दलहरुले मिसन २०८४ नभइ देशको चिन्ता गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले मिसन २०९४ बनाएर आगामी १५ वर्षमा कसरी देश बनाउने भनेर योजना बनाइ काम गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टी ओरालो लागेपछि केही मानिसहरुलाई काँग्रेस छोडौँ छोडौँ जस्तो लाग्ने गरेर पार्टीप्रति असन्तुष्टि व्यक्त गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘राजनीतिक जीवनमा कोही कोही बेला पार्टी यस्तो ओरालो लागेको छ की भनेजस्तो भएपछि मान्छेलाई काँग्रेस छोडौँ, छोडौँ जस्तो लाग्ने रहेछ । होइन यसमा भविष्य छैन जस्तो लाग्दो रहेछ । यस्ता कुरा धेरै आए । कतिपय मान्छेलाई मिसन ८४ भनेर घोषणा गर्नुपर्छ । मिसन ८४ भनेको ८४ मा चाहीँ जित्ने भनेको हो । ८४ मा बलियो हुने, बहुमत ल्याउने हो । ७४ मा चुनाव भयो, ०७९ को चिन्ता, ०७९ मा चुनाव भयो, ८४ को चिन्ता । ०८४ मा चुनाव भएपछि ८९ को चिन्ता । यो देशको चिन्ता कहिले ? मिसन ८४ भनेर ८४ मा काँग्रेसले जित्ने की नयाँ दलले जित्ने की ? एमालेले जित्ने की काँग्रेसले जित्ने, थन्क्याएर राख्दिऔँ, मिसन ८४ होइन, ९४ को कुरा गरौँ न । यो देशको भविष्य अबको १५ वर्षमा के बनाउनसक्छौँ ? कहाँ पुग्ने भन्ने चिन्ता गरौँ । काँग्रेस, एमाले, माओवादीको चिन्ता पछि गर्दा पनि हुन्छ, तर अहिले चुनाव भइसक्यो, सरकार बनिसक्यो, केन्द्र, प्रदेश, स्थानीयमा सरकार छन्, कोहीले जित्यौँ, हारेका छौँ, तर जनताका प्रतिनिधिले जितेका छन् ।’

महामन्त्री शर्माले पार्टी बनाउने चिन्ता पछि गर्दापनि हुने तर देश बनाउने चिन्ता गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...