नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्रधानमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । यसको विरोध भइरहेको छ । सामाजिक सञ्जालमा #BoycottCAN अभियान नै चलेको छ ।
यसै सन्दर्भमा कांग्रेस महामन्त्री शर्माले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्नुभएकाे थियाे । चन्दसँग भएको सम्वादबारे उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘क्यान अध्यक्षलाई फोनमा सोधें :- खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’
शर्माका अनुसार चन्दले सन्दीपलाई टिममा नराख्ने हो भने लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृंखलाको नजिता नेपालको अनुकूल नआउन सक्ने तर्क गर्नुभएकाे थियाे ।
शर्माले मौनता नसाेध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराउनुभएकाे छ । खेलकुद मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्रीसँग रहेको भन्दै उहाँले पीएम नेपाललाई मेन्सन गर्दै लेख्नुभएकाे छ, ‘ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौं, गल्ती सच्याउन भन्नोस् ।’