fbpx

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री विश्वप्रकाश शर्मा

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उहाँहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै उहाँले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताउनु भयो । उहाँले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरु जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरुको कथाहरु लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरुको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिबाट भुतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने ? भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झण्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरुले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ । स्वतन्त्रताको सम्मान गर्छु । तर यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शितल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’


महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू