fbpx

‘५ वर्षपछि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ’:-विश्वप्रकाश शर्मा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पेजस्तो मात्र भएको टिप्पणी गर्नुभएकाे छ । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गर्नुभएकाे हाे ।

‘राजनीतिमा सामाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर भनेर प्रश्न सोधेका थिए । महामन्त्री शर्माले भन्नुभयाे, ‘जितेर हारेर आएको । अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’

उहाँले अघि भन्नुभयाे, ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’ ५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयाे, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’

अर्का महामन्त्री गगनकुमार थापाले थप्नुभयाे, ‘एम्बाप्लेले जित्छ, किनकी अब मेसी हुन्न नि ।’ देशभरबाट के भयो भनेर प्रश्न आउँदा आफूहरुले नहुनुपर्ने भयो, तर चिन्ता नगर्नुस् भन्ने गरेको महामन्त्री शर्माले सुनाउनुभयाे । यो टर्निङ प्वाइन्ट हुने भन्दै उहाँले गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्ने बताउनुभएकाे छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन