संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामति ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय निजामति ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पार्नुभयो । उहाँले निजामति ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताउनु भयो । उहाँले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गरेर आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुन समयमा मैले मन्त्रालय सम्हालेँ त्यतिखेर निजामति ऐन अन्तिम चरणमा थियो । निजामति ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट गरेको पनि होइन, उहाँहरु जस्तै विद्वानले गर्नुभएको छ । कुनै राजनीतिककर्मीले गरेको भए अलि प्रश्न आउँथे तर उहाँहरुजस्तै विज्ञहरुले, पेशाकर्मीहरुले गर्नुभएको हो । तर उहाँहरुले आफ्नो सम्बोधन कति राख्नुभएको छ वा छैन त्यो भन्न मिल्दैन । त्यो क्याबिनेटबाट पास भएर हाउसमा दर्ता हुने क्रममा छ । अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल गरेर अघि बढ्नेछौँ । सरकारको सम्पती भनेर मन्त्रालयले जिम्मा लगाइसकेको छ । मन्त्रालयमा फिर्ता भएर आएको छैन, संसदमा दर्ता हुने क्रममा छ ।’
मन्त्री देवीले पशु चिकित्कसको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताउनु भयो ।