fbpx

किशोरीहरुको नेतृत्व विकासको मुख्य बाधक लैङ्गिक विभेद

author

समाचारपाटी

१ महिना अगाडि

लैङ्गिक विभेदका कारण एशिया प्रसान्त क्षेत्रका किशोरीहरुको निर्णायक क्षमतामा बाधा पुगेको एक अध्ययनले देखाएको छ ।


प्लान इन्टरनेसनले सार्वजनिक गरेको किशोरी नेतृत्व सम्बन्धी सूचकाङ्क २०२४ ले किशोरी र युवा महिलाको नेतृत्व सामथ्र्यलाई ती देशमा विद्यमान लैङ्गिक विभेदले कमजोर बनाएको देखाएको हो । सूचकाङ्कले विश्वको झन्डै ६० प्रतिशत युवा जनसंख्याको बसोवास रहेको एशिया प्यासिफिक क्षेत्रका किशोरी र युवा महिलाको नेतृत्व र निर्णायक क्षमता विद्यमान लैङ्गिक विभेदका कारण कमजोर बन्दै गएको देखाएको हो । शिक्षा, सुरक्षा, कानून र नीतिमा सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सको सूचकाङ्क उच्च रहेको छ भने अफगानिस्तान, पाकिस्तान र बु्रनाई दारुसलाम लगायत देशमा किशोरीहरुको शिक्षामा ठूलो खाडल रहेको पाइएको छ । यी तीनवटा देश शिक्षा र आर्थिक अवस्थाको मापनमा सबै भन्दा तल्लो सूचकाङ्कमा रहेका छन् । शिक्षामा असमानता बढेसँगै किशोरीहरुको आर्थिक अवस्था पनि कमजोर बनेको अध्ययन प्रतिवेदनले देखाएको छ । कानून र नीतिगत दृष्टिकोणबाट नेपालको अवस्था राम्रो रहेको पाइएको छ । तर कार्यान्वयन पक्ष भने फितलो रहेको अध्ययनले देखाएको छ । प्रशाान्त क्षेत्रमा अस्ट्रेलिया न्युजिल्याण्ड र फिजी शिक्षा, आर्थिक अवसर, कानून तथा नीतिगत दृष्टिकोणबाट उच्च श्रेणीमा रहेका छन् । शिक्षा, स्वास्थ्य र नेतृत्वदायी प्रतिनिधित्वको सवालमा पपुवान्युगिनी, नाउरु र सोलोमन टापुहरु भने पछाडि छन् ।
प्लान इन्टरनेसनलका कार्यकारी प्रमुख डेबोरा टि सिम्सनले किशोरी नेतृत्व सम्बन्धी सूचकाङ्कले समग्र रुपमा एशिया प्रसान्त क्षेत्रका किशोरीहरुको नेतृत्व र निर्णायक क्षमताको स्थितिलाई सार्वजनिक गरेको बताउनु भयो । उहाँले किशोरीहरुको बहुआयामिक पक्षमा गरिएको अध्ययनले देशअनुसारको स्थितिलाई उजागर गरेकाले सोही अनुसार ती देशहरुले आफ्नो योजना र रणनीति बनाउन आवश्यक रहेको बताउनु भयो । किशोरी र महिलालाई सबै दृष्टिकोणबाट सक्षम बनाउन सक्ने हो भने उनीहरुको निर्णायक क्षमताले ती मुलुकको शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत क्षेत्रमा सकारात्मक प्रभाव देखाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले अध्ययनलाई विभिन्न ७ क्षेत्रमा बाँडेका थियो । यसमा किशोरीहरुको अधिकार, शिक्षा, स्वास्थ्य, प्रतिनिधित्व र निर्णायक नेतृत्व लगायत छन् । सबै देशहरुको अवस्था फरकफरक छ । रोजक कुरा त के छ भने कानूनमा १ नम्बरमा आएको देशमा किशोरीको शिक्षा, अधिकार र प्रतिनिधित्वमा कमजोर रहेको पाइयो । ती राम्रा कानून र नीतिहरुलाई व्यवहारमा ल्याउनु जरुरी छ । किशोरीलाई स्कुल पठाउने, सीमान्तकृत समुदायका मानिसहरुको पहुँच बढाउने, नेतृत्वदायी भुमिकामा सहयोग गर्ने गरियो भने उनीहरुको आत्मविश्वास बढ्नेछ र त्यसको प्रभाव परिवार, समाज र देशमा देख्नसक्छौँ । हामीले किशोरीहरुको अध्ययन शैली तथा सहभागीताको स्वरुप बदल्न क्लवहरु निर्माण गरेर नेतृत्व क्षमतालाई वृद्धि गर्नसक्छौँ । त्यसैले यो सूचकाङ्क हेरेर नेपालले पनि आफूलाई सुधार गर्नुपर्ने स्थानमा योजनावद्ध रुपमा कार्यक्रमहरु तय गर्नसक्छ । ”

एशिया प्रशान्त क्षेत्रका ३३ वटा देशबाट प्राप्त तथ्यांकका आधारमा तयार किशोरी नेतृत्व सम्बन्धी सूचकांक २०२४ ले निरन्तरको असमानताका कारण किशोरीहरुको नेतृत्व विकास अवरुद्ध हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदनमा लैङ्गिक विभेद र असमानताको चक्र तोड्न किशोरी र महिलाको नेतृत्व विकासमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । किशोरीहरुको नेतृत्व बढाउन आरक्षण थप गर्ने, कानूनी प्रवन्धहरुलाई सबल बनाउने, डिजिटल समावेशीकरण र लैङ्गिक विविधतायुक्त नेतृत्व प्रवद्र्धनका लागि निजी क्षेत्रलाई समावेश गर्ने तथा दीर्घकालिन परिर्वतनका लागि दिगो अभ्यासहरु सुनिश्चित गर्ने जस्ता कदम चाल्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक